अस्ट्रेलिया लगातार पाँचौँ पटक विश्वकपमा छनोट हुन सफल « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

अस्ट्रेलिया लगातार पाँचौँ पटक विश्वकपमा छनोट हुन सफल


३१ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । अन्तरमहादेशीय प्लेअफमा पेरुलाई हराउँदै अस्ट्रेलिया कतारमा हुने सन् २०२२ को विश्वकपमा छनोट हुने ३१ औँ टोली बनेको छ । गोलकिपर एन्ड्रयु रेडमेन नायक बनेपछि अस्ट्रेलियाले पेरुलाई पेनाल्टी सुटआउटमा ५-४ गोलले हराएको हो ।

निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटसम्म पुगेको थियो । रेडमेनले अन्तिममा एलेक्स भलेराको प्रहार रोक्दै अस्ट्रेलियालाई लगातार पाँचौँ विश्वकपमा छनोट गराउन सफल भए । अस्ट्रेलिया २००६ को विश्वकपपछि लगातार प्रतियोगितामा छनोट हुँदै आएको छ ।

अस्ट्रेलिया समूह डीमा फ्रान्स, डेनमार्क र ट्युनिसियासँग रहनेछ । विश्वकपमा छनोट हुने अन्तिम टोलीको टुङ्गो मंगलबार लाग्नेछ । अन्तिम स्थानका लागि कोस्टारिका र न्युजिल्याण्ड भिड्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस