२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद् बैठक आधा घण्टाका लागि स्थगित

अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक अहिले आधा घण्टाका लागि स्थगित भएको छ ।

नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईद्वारा संसदमा प्रस्तुत जरुरी सार्वजनिक महत्त्वको विषयमाथि सांसदहरुले बोल्ने क्रम सकिएपछि सभामुख सापकोटाले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।

उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद पूर्णकुमारी सुवेदी विगतदेखि नै पहल हुँदै आए पनि मलको आपूर्तिको समस्या कायमै रहेको बताएकी थिइन् ।

उनले अर्गानिक खेती र अर्गानिक मल उद्योगको विषयमा कृषि समितिमा समेत आवाज उठेको स्मरण गराउँदै तत्कालीन समस्या भनेको जिटुजिमार्फत किसानको खेतमा मल पुग्ने वातावरण बनाउनु रहेको बताइन्।

एक देशबाट मात्रै मल ल्याउँदा समस्या भएकाले अर्को मुलुकबाट आउने नाका पनि खुला गर्न उनले सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद शक्तिबहादुर बस्नेत मुलुकको विभिन्न परिस्थितिका कारण मुलुकमा सधैँ नै मल अभाव हुँदै आएको र समस्या समाधानका लागि हरित अर्थतन्त्र नै महत्त्वपूर्ण भएको बताए ।

उनले तत्कालका लागि सुशासनलाई ध्यान दिनुपर्नेमा जोड दिए । टेन्डरदेखि नै कार्टेलिङ हुने गरेको जानकारी गराउँदै यो समस्या कृषि मन्त्रीबाटै पनि समाधान हुन नसक्ने भएकाले प्रधानमन्त्रीस्तरबाटै उच्चस्तरीय संवाद जरुरी रहेको बताए ।

सांसद महेश बस्नेत फोहरलाई कम्पोस्ट मलका रुपमा रुपान्तरण गर्ने योजना ल्याउनुपर्ने आवश्यकता औँल्याए । उनले नीतिगत सुधारदेखि मन्त्रीको व्यवहार सुधार हुनु जरुरी रहेको पनि बताए ।

सांसद देवप्रसाद तिमिल्सिनाले किसानलाई मलखाद दिनुपर्ने कुरा सदनमा पटक पटक उठाउँदै आएको भए पनि समस्या समाधान हुन नसकेको स्मरण गरे ।

प्रतिक्रिया दिनुहोस