२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपद् व्यवस्थापनको पूर्वतयारी तथा प्रतिकार्यमा गम्भीर भएर लाग्न निर्देशन

अ+ अ-

काठमाडौँ । गृहमन्त्री एवं विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिका अध्यक्ष बालकृष्ण खाँणले मनसुनजन्य विपद्का घटनाबाट जनधनको क्षति न्यून गर्न पूर्वतयारी तथा प्रतिकार्यमा गम्भीर भएर लाग्न विषयगत निकाय एवं सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको आज बसेको १३औँ बैठकमा मन्त्री खाँणले यो वर्षका लागि भएका तयारी, जनशक्तिको अवस्था एवं साधन स्रोतको विवरणसहितको विस्तृत कार्ययोजना आजै लिखितरुपमा मन्त्रालयमा पेस गर्न पनि निर्देशन दिए ।

बैठकमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०७९ लगायतका एजेन्डामा विस्तृत छलफल भएको छ । बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले प्रतिकार्यमा जिम्मेवार निकायको आपत्कालीन सम्पर्क नम्बर सर्वसाधारणसम्म पुग्ने गरी सञ्चार गर्न सुझाव दिए ।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एकीकृत विकासमा विपद् सम्बन्धी विषयवस्तुलाई समावेश गरिनुपर्ने धारणा राखे । मुख्यसचिव शङ्करदास वैरागीले उद्धार र राहतमा तलदेखि माथिसम्मका निकायबीच समन्वय तथा रणनीतिक स्थानमा पर्याप्त मात्रामा उपकरणको व्यवस्था गर्न आवश्यक रहेकामा जोड दिए।

बैठकमा विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी एवं नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिले विपद् पूर्वतयारीको अवस्था तथा प्रतिकार्यको योजनाबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस