कर छली गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा दायर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कर छली गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा दायर


३० जेष्ठ २०७९, सोमबार


काठमाडौँ । राजस्व अनुसन्धान विभागले कर छली गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले भारतबाट चोरी पैठारी गरी नेपालमा मालवस्तु भित्र्याई विभिन्न ठाउँमा बेच्ने र बिक्री गर्दा सरकारलाई तिर्नुपर्ने भन्सार महसुल, मूल्य अभिवृद्धि कर र आयकर समेत नतिरी राजस्व चुहावटको कसुर गरेको भन्दै चार जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

यसरी मुद्दा दायर गरिएकाहरुमा अर्घाखाँची छत्रदेव २ स्थायी घर भई रुपन्देही बस्ने नसिपदिन मियाँ, पाल्पा रिब्दीकोट २ घर भई बुटवलको कारोबार हेर्ने शङ्कर प्रसाद आचार्य (मालिका ढुवानी सेवा), रुपन्देही सिद्धार्थनगर १ की रेखा जैसवाल (न्यु मनकामना सप्लायर्स) र भारत दिल्ली गान्धिनगर घर भई काठमाडौं १ मा बस्ने आशिष सिंह छन् ।

यी चारै जनालाई एक करोड ३८ लाख ५५ हजार रुपैयाँ बिगो कायम गरी बिगोको शतप्रतिशत जरिवाना गर्न विभागले माग गरेको छ ।

त्यस्तै जैसवाल, मियाँ र सिंहलाई थप ९ करोड २१ लाख ९५ हजार रुपैयाँ बिगो कायम गरी शतप्रतिशत जरिवाना माग गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस