२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘दुई बेलायती र एक मोरोक्कनलाई मृत्युदण्ड दिने निर्णय परिवर्तन नहुने’

अ+ अ-

मारिउपोल । पूर्वी युक्रेनमा रहेका रुस समर्थक समूहका नेताले आइतबार यूक्रेनी सेनालाई सहयोग गर्न पुगेका दुई जना बेलायती र मोरोक्कोका एक व्यक्तिलाई दिइने भनिएको मृत्युदण्डको सजायमा कुनै फेरबदल नहुने बताएका छन् ।

‘तिनीहरू पैसाको लागि सर्वसाधारणलाई मार्न युक्रेन आए । त्यसैले सजायको कुनै पनि कमी वा परिमार्जनका लागि म कुनै सर्त देख्दिनँ,’ उनीहरूलाई मुद्दा लगाउने पृथकतावादी डोनेट्स्क क्षेत्रका नेता डेनिस पुशिलिनले सञ्चारकर्मीसँग बताए।

पुशिलिनले भने, ‘अदालतले तीन जना लडाकुलाई ‘पूर्ण न्यायोचित सजाय’ को घोषणा गरेको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई उनीहरूको भाग्यलाई बेवास्ता गरेको र पृथकतावादी अधिकारीहरुसँग सम्पर्क गर्न नसकेको आरोप पनि उनले लगाए ।

मे महिनामा रुसी र पृथकवादी फौजद्वारा कब्जा गरिएको युद्धग्रस्त यूक्रेनी सहरमा रुसी रक्षा मन्त्रालयद्वारा आयोजित यात्राको भागको रुपमा टुक्रने क्षेत्रको राजधानी मारिउपोलमा पुगेका एएफपी सम्वाददाताले सजायबारे फेरबदल नगर्ने यूक्रेनी पृथकतावादी नेताको धारणा रहेको पुष्टि गरेका हुन् ।

शनिबार बेलायती प्रधानमन्त्री जोन्सनका प्रवक्ताले बेलायतीहरू एडेन अस्लिन र शाउन पिनर र मोरोक्को ब्राहिम साडुनलाई सुनाइएको मृत्युदण्डको फैसलाले आफूलाई ‘आश्चर्य’ मा पारेको बताएका थिए ।

प्रवक्ताले भने, ‘यो कुरा स्पष्ट छ कि तिनीहरू यूक्रेनी सशस्त्र फौजका सदस्यहरू थिए र त्यस कारण तिनीहरू युद्धका कैदी हुन् । डोनेट्स्कका पृथकवादी अधिकारीहरूले उनीहरूलाई आरोप लगाए झैँ उनीहरू पैसाका लागि त्यहाँ गएका होइनन् ।’

अस्लिन र पीनरका परिवारका अनुसार यी दुई पुरुष सन् २०१८ देखि यस युक्रेनमा बसोबास गर्दै आएका हुन् ।

शुक्रबार संयुक्त राष्ट्रसङ्घले रुसी समर्थक विद्रोहीहरूले कैदीहरूविरुद्ध मृत्युदण्ड सुनाएकोमा चिन्ता व्यक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस