३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल र अमेरिकाबीचको रोमाञ्चक खेल ‘टाइ’

अ+ अ-

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु को त्रिदेशीय एकदिवसीय सिरिज अन्तर्गत नेपाल र अमेरिकाबीचको खेल ‘टाइ’ भएको छ ।

अमेरिकाको टेक्ससमा आइतबार बिहान नेपाल र अमेरिकाबीचको रोमाञ्चक खेल ‘टाइ’ भएको हो ।

मोसा क्रिकेट मैदानमा नेपालले दिएको २ सय ७५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाएर १ सय ७४ रन जोडेपछि खेल ‘टाइ’ भएको हो ।

अमेरिकाका लागि स्टेभेन टेलरले १ सय १४ रनको शतकीय इनिङ खेले । यस्तै कप्तान मोनान्क पटेलले ८५ रनको अर्धशतकीय इनिङ खेल्दा आरोन जोन्सले २६ रन जोडे ।

सुशान्त मोदानी १७ तथा राहुल जरिवाला १० रनमा आउट भए ।

नेपालका आदील आलमले २ विकेट लिए । जित उन्मुख अमेरिकाविरुद्ध आदीलले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरे ।

अमेरिकालाई जितको लागि अन्तिम ६ बलमा ६ रन चाहिँएको थियो । तर,आदीलले पाँच रन खर्चिँदै खेल टाइ गराए ।

रोमाञ्चक बनेको खेलमा अमेरिकालाई अन्तिम दुई बलमा जितका लागि एक रन आवश्यक थियो । पाँचौँ बलमा आदीलले आरोन जोन्सलाई पेभेलिएन फर्काए । अन्तिम बलमा राहुल जरिवाला रन आउट भएपछि खेल टाइ भयो ।

यस्तै कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बल अलआउट हुँदै २ सय ७४ रन जोडेको थियो ।

नेपालका लागि उपकप्तान रोहित पौडेलले ६२ रनको अर्धशतकीय इनिङ खेले ।

त्यस्तै आसिफ शेखले ६१ रनको अर्धशतकीय इनिङ खेल्दा देव खनालले अर्धशतकीय इनिङ खेल्दै ५४ रन बनाए ।

आदीलले ३६ रन जोड्दा कुशल भुर्तेल १९ रन आउट भए । कप्तान सन्दीपले १० रन बनाए ।

आरिफ शेख ८, दीपेन्द्र सिंह ऐरी १, सोमपाल कामी १ रनमा आउट हुँदा करण केसी शून्य रनमा आउट भए । सुशन भारी १ रनमा अविजित रहे ।

अमेरिकाका रुष्टि थिरनले ४ विकेट लिए । अलि खान र सौरभ नेत्रभाल्करले २-२ विकेट लिए ।

खेल टाइ भएपछि नेपाल र अमेरिकाले एक एक अङ्क पाएका छन् ।

लिग टु मा नेपाल १४ खेलमा १३ अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ ।

अमेरिका २२ खेलमा २१ अङ्क जोडेर चौथो स्थानमा रहेको छ ।

सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो ।

अमेरिकाले भने पहिलो खेलमा ओमानलाई हराएको थियो।

अब नेपालले तेस्रो खेलमा ओमानविरुद्ध मंगलबार र अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध बुधबार खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस