२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनताको सेवामा समर्पित हुन नवनिर्वाचित जनप्रतिनिधिलाई मन्त्री भुसालको आग्रह

अ+ अ-

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्थानीय पहिचान संरक्षण र संवर्द्धन गर्दै जनताको सेवामा लाग्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरेकी छन् ।

ललितपुरको महालक्ष्मी नगरपालिका–६ बाट नवनिर्वाचित स्थानीय जनप्रतिनिधिलाई बधाई तथा शुभकामना दिन आज आयोजित कार्यक्रममा उनले भनिन्, ‘जनप्रतिनिधि शासक होइनन्, सेवक हुन्, जनताको आधारभूत आवश्यकता पूरा गर्न कर्तव्यनिष्ठ हुनुहोला ।’ आफ्नो कला, संस्कृति र पहिचानलाई संरक्षण गर्न विशेष ध्यान दिएर मात्र आधुनिक विकासमा अगाडि बढ्न सुझाव दिँदै मन्त्री भुसालले भनिन्, ‘परम्परागत पहिचानलाई संवर्द्धन गरेर विकासका गतिविधि अगाडि बढाउनुपर्छ ।’

उनले महालक्ष्मी नगरको आर्थिक विकासको आर्थिक विकासको आधार पर्यटन भएकाले त्यसका लागि वडादेखि नगरसम्म उपयुक्त कार्यक्रम बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् । स्वास्थ्य र शिक्षाजस्ता आधारभूत विषयलाई जनप्रतिनिधिले ध्यान दिनुपर्नेमा जोड दिँदै मन्त्री भुसालले भनिन्, ‘सार्वजनिक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउनुपर्छ, सुलभ स्वास्थ्य उपलब्ध गराउनुपर्छ । आफ्नो कार्यकाललाई जनताको सेवा गर्ने अवसरका रूपमा प्रयोग गर्नुपर्छ ।’

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले स्थानीय जनप्रविधिले जनताका आवश्यकतालाई पूर्ति गर्दै विकासका कार्यक्रम अगाडि बढाउन सल्लाह दिइन् ।

आफूले मन्त्रालय सम्हालेपछि भूमिको विषयमा देखिएका समस्या सम्बोधन गरेको उल्लेख गर्दै उनले भनिन्, ‘३०० स्थानीय तहका जनतालाई जग्गाधनी पुर्जा वितरण गर्ने योजना बनाएको छु ।’

जनता समाजवादी पार्टीका नेता नवराज सुवेदीले नवनिर्वाचित सदस्यले जनताको आवश्यकतालाई पहिचान गरेर आफ्ना कार्यक्रम कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याए । नवनिर्वाचित वडाध्यक्ष धर्म महर्जनले आफूलाई जनताले अमूल्य मत दिएर निर्वाचित गराएकामा धन्यवाद व्यक्त गर्दै जनताका आवश्यकतालाई पूरा गर्न आफू निरन्तर लाग्ने विश्वास दिलाए ।

प्रतिक्रिया दिनुहोस