लागू औषधसहित दुई जना पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लागू औषधसहित दुई जना पक्राउ


२८ जेष्ठ २०७९, शनिबार


पक्राउ

कञ्चनपुर । बेलडाँडी गाउँपालिका–३स्थित राधाकृष्ण माध्यमिक विद्यालय नजिकबाट प्रहरीले आज लागू औषध (खैरो हिरोइन) सहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेमा बेदकोट नगरपालिका–६ मुसेपानीका १८ वर्षीय विकास चौधरी र भीमदत्त नगरपालिका–२ महोलियाका २५ वर्षीय सुवास चौधरी पक्राउमा परेका हुन्।

उनका अनुसार पक्राउ पर्नेहरुका साथबाट दुई ग्राम ६९० मिलिग्राम खैरो हिरोइन खल्तीमा लुकाई छिपाई राखेको अवस्थामा बरामद गरिएको हो ।

पक्राउ परेकाहरुले लागू औषध ओसारपसार गर्नका लागि प्रयोग गरेको लु८४प ८१०८ नंको मोटरसाइकलसमेत प्रहरीले बरामद गर्नाका साथै उनीहरुमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस