दार्चुला महिला हत्या प्रकरण : हत्या गरी फरार रहेका प्रतिवादी पक्राउ, गहना समेत बरामद « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

दार्चुला महिला हत्या प्रकरण : हत्या गरी फरार रहेका प्रतिवादी पक्राउ, गहना समेत बरामद


२८ जेष्ठ २०७९, शनिबार


काठमाडौँ। महिलाको हत्या गरी फरार रहेका प्रतिवादी दार्चुलाबाट पक्राउ परेका छन् । शैल्यशिखर नगरपालिका बारिल बस्ने ४५ वर्षीया अनिभा खडायतको हत्या गरी फरार रहेका सोही ठाउँ बस्ने ४२ वर्षीय भोजराज खडायतलाई प्रहरीले पक्राउ गरेको छ ।

घरबाट ५० मिटर टाढा उखु बारीमा खरको थुप्रोमा जलेको अवस्थामा गत बुधबार अनिभाको शव फेला परेको थियो । घटनामा संलग्न उनलाई बैतडी दोगडाकेदार गाउँपालिका ३ खोचलेकबाट पक्राउ गरेको हो ।

भोजराजले ती महिलालाई घरबाट बोलाई बारीमा लगेर करणी गर्न खोजेपछि ढुङ्गा हानी घरतर्फ जाँदै गर्दा मृतकको छोरीले देखेकोले पोल खुल्ने डरले पुनः घटनास्थल गई खरले छोपी आगो लगाएर फरार भएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको साथबाट अनिभाले कानमा लगाएको सुनको बाली २ थान र नाकमा लगाएको नथियाँ १ थानसमेत प्रहरीले बरामद गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस