उपप्रमुख बुढाथोकीद्वारा सुविधाको गाडी अस्पताललाई हस्तान्तरण, तलब भत्ताको पनि छुट्टै कोष « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

उपप्रमुख बुढाथोकीद्वारा सुविधाको गाडी अस्पताललाई हस्तान्तरण, तलब भत्ताको पनि छुट्टै कोष


२८ जेष्ठ २०७९, शनिबार


काठमाडौँ । चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफूले पाउने सेवा सुविधा समाजको हितको लागि प्रयोग गर्ने भएका छन् ।

बुढाथोकीले आफ्नो पूर्व घोषणा अनुसार आफूले नगरपालिकाबाट पाउने सुविधाको बा २ झ १६२३ नम्बर सुविधाको गाडी चाँगुनारायण नगर अस्पताललाई हस्तान्तरण गरेका छन् । निर्वाचित हुनु अघि नगरपालिकाबाट आउने सेवा सुविधा लगायत तलब भत्ता नलिने घोषणा गरेका थिए ।

उपप्रमुखले उक्त गाडी चाँगुनारायण अस्पतालका प्रमुख लोकेन्द्र पौडेललाई हस्तान्तरण गरेका हुन् । उक्त गाडी नगर क्षेत्रभित्र रहेका जेष्ठ नागरिक, शारीरिक अशक्त, दीर्घरोगी, बिरामीहरूको सेवामा उपयोग गरिने अस्पतालले जानकारी दिएको छ ।

सो गाडीले घरदैलोमै गई बिरामीलाई चिकित्सकीय सेवा प्रदान गर्ने उद्देश्यले अस्पताललाई हस्तान्तरण गरिएको उपप्रमुख बुढाथोकीले बताए ।

उनले पाउने तलब भत्ता पनि छुट्टै कोष खडा गरी नगर क्षेत्रका गरिब जेहेन्दार विद्यार्थीको पठनपाठन, एकल महिला, अपाङ्ग अशक्त व्यक्तिहरूको वृद्धि विकासको क्षेत्रमा खर्च गरिने बताए ।

उद्यमशीलता एवं स्वरोजगारका क्षेत्रमा खर्च गरिने उनको भनाइ । उनी नेकपा एमालेको तर्फबाट निर्वाचित भएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस