अमेरिका जान कोरोना नेगेटिभ प्रमाण नचाहिने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अमेरिका जान कोरोना नेगेटिभ प्रमाण नचाहिने


२८ जेष्ठ २०७९, शनिबार


काठमाडौँ । अमेरिका जाने हवाई यात्रुहरूले अबदेखि कोभिड-१९ परीक्षण नेगेटिभ भएको प्रमाण पेस गर्नु नपर्ने भएको छ ।

अमेरिकी अधिकारीहरूले मुलुकले कोरोना भाइरसविरुद्धको युद्धमा उल्लेखनीय प्रगति हासिल गरेकाले कोरोना नेगेटिभ प्रमाण पेस गर्नुपर्ने नियम हटाइएको जानकारी दिएका छन् ।

भ्रमण उद्योगले यो नीतिको अन्त्यका लागि सरकारमाथि निरन्तर दबाब दिँदै आएको थियो । भ्रमण व्यवसायीहरूले यस नीतिका कारण परिवारहरू विदेशमा अलपत्र पर्ने डरले हवाई टिकट बुकिङ गर्न मानिस डराउने गरेको समस्या स्पष्ट पारेका थिए ।

आइतबार देखि यो नयाँ नियम लागू हुने भएको छ ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले यस नयाँ नीतिको आगामी नब्बे दिनसम्म पुनः मूल्याङ्कन गर्ने भएको छ । तर, नयाँ कोरोना भेरियन्टहरू देखा परेर प्रतिकूल स्थिति सिर्जना भए तत्कालै पुरानो नीति अवलम्बन गर्नु आवश्यक रहेको अमेरिकी अधिकारीहरूको विश्वास रहेको सीडीसीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस