लेखापाललाई कारबाही गर्न महालेखालाई पत्र « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

लेखापाललाई कारबाही गर्न महालेखालाई पत्र


२७ जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले लेखापाल शिव कुमार यादवलाई कारबाही गर्न महालेखा नियन्त्रकको कार्यालयलाई पत्र पठाएको छ ।

जेलर संयोजक रहेको बोलपत्र मूल्याङ्कन समितिले कालो सुचीमा राख्न सिफारिस गरेको कम्पनीलाई निमित्त जेलर(लेखापाल) यादवले कारबाही नगर्न सिफारिस गर्दै आफ्नो कार्यालयको क्षेत्राधिकार भित्रको कानुनी कारबाहीलाई अवरोध गरेको भन्दै उनलाई कारबाही गरी जानकारी गराउन भनेको हो ।

कारागार कार्यालय कपिलवस्तु, तौलिहवाका जेलर राकेश पाण्डे संयोजक रहेको बोलपत्र मूल्याङ्कन समितिले २०७७ मङ्सिर १९ गते गोल्ड फिस इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सन प्रा.लि. रुन्टीगढी–०६(रोल्पा)लाई कालो सूचीमा राख्न अनुरोध गर्दै सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्र पठाएको थियो । तर उक्त पत्रलाई नै खण्डित हुने गरी २०७८ मंसिर ९ मा तत्कालिन लेखापाल(निमित्त जेलर) यादवले विष्णुकुमार वली मुख्य व्यक्ति रहेको गोल्डफिसलाई कारबाही नगरिदिँदा उचित हुने भनी सिफारिस गरेका थिए ।

उनको सिफारिसलाई मनासिब मान्न नसकिएको र कुनै आधार प्रमाण बिना आफ्नो कार्यालयको अधिकार क्षेत्र भित्रको कानुनी कारबाहीलाई अवरोध पुग्ने गरी पत्राचार गरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले यादवलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६५ को उपदफा(२क) बमोजिम प्रचलित कानुन बमोजिम कारबाही गरी सोको जानकारी गराउन महालेखा नियन्त्रकको कार्यालयलाई पत्राचार गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस