ग्लोबल आइएमई बैङ्कले अत्याधुनिक कर्पोरेट कार्यालय बनाउँदै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

ग्लोबल आइएमई बैङ्कले अत्याधुनिक कर्पोरेट कार्यालय बनाउँदै


२७ जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । ग्लोबल आइएमई बैङ्क लिमिटेडले काठमाडौँको लाजिम्पाटस्थित उत्तर ढोकामा रहेको आफ्नै जग्गामा अत्याधुनिक नयाँ कर्पोरेट कार्यालय भवन निर्माण गर्ने भएको छ ।

उक्त भवन निर्माणका लागि भवनको डिजाइन बनाउने सम्झौतासमेत गरेको छ । बैङ्कले नयाँ कर्पोरेट कार्यालय भवनको आर्किटेक्चुएल, मेकानिकल, विद्युतीय इन्जिनियरिङलगायत दिगो डिजाइनका लागि डिल्लीबजारस्थित आर्किप्लान एसबिटि प्रा।लि।सँग सम्झौता गरेको छ । उक्त सम्झौतामा बैङ्कका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आर्किप्लान एसबिटि प्रा। लि।का प्रमुख आर्किटेक्ट सञ्जय बहादुर थापाबिच हस्ताक्षर भएको हो ।

ग्लोबल आइएमई बैङ्कले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ७६ जिल्लामा बैङ्कको २८८ शाखा, २६० एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८७५ सेवा केन्द्रबाट २९लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस