१२ वर्ष माथिका बालबालिकालाई आजदेखि बुस्टर डोज दिइने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

१२ वर्ष माथिका बालबालिकालाई आजदेखि बुस्टर डोज दिइने


२७ जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । कोरोना विरुद्ध दुई डोजको खोप लगाइसकेका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई आज (शुक्रबार)देखि बुस्टर डोज दिइने भएको छ ।

उक्त उमेर समूहका बालबालिकालाई सरकारले पहिलो तथा दोस्रो डोजमा मोडर्ना तथा फाइजर खोप दिएको थियो । बुस्टर डोजमा पनि यही दुई प्रकारको खोप उपलब्ध छ ।

बुस्टरमा फाइजर खोप लगाउँदा ०.३ एमएल र मोर्डना खोप बुस्टरको रुपमा दिँदा ०.२५ एमएल दिनुपर्ने हुन्छ । बुस्टर डोज लगाउन दोस्रो मात्रा लगाएको तीन महिना पुग्नुपर्ने परिवार कल्याण महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।

यसैबीच, मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई असार ९ गतेदेखि फाइजर खोप दिने तयारी गरिरहेको छ । देशभरका विद्यालयहरुमा खोप केन्द्र तोकेर दुई चरणमा गरी ४९ लाख बालबालिकालाई खोप दिन लागिएको छ ।

सुरुमा २७ वटा जिल्लामा खोप अभियान सञ्चालन गरिने छ । त्यसपछि बाँकी रहेका ५० जिल्लामा खोप अभियान सञ्चालन गरिने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस