दोहोरो अंकले घट्यो नेप्से « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

दोहोरो अंकले घट्यो नेप्से


२६ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । बिहीबार सेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।

जेठमा निरन्तर घटेको बजार बुधकार केही सम्हालिएको थियो । तर, बिहीबार भने यो टिक्न सकेन । पहिलो घण्टा केही बढेर कारोबार भएको थियो । त्यसपछि निरन्तर घटेको बजार अन्त्यमा १७.५८ अंकले ओरालो लागेर २०६२.८६ विन्दुमा आयो ।

बुधबार ६० अंकले सेयर बजार वृद्धि भएको थियो । बिहीबार सबै उपसमूह राताम्य रहँदा सबैभन्दा धेरै वित्त र विकास बैंकका लगानीकर्ताले गुमाए । बिहीबार २२९ कम्पनीको ३० हजार ७६२ कारोबारबाट ४१ लाख ५ट हजार १०४ कित्ता सेयर किनबेच भएको छ ।

यस दिन कारोबार रकम १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँ रह्यो । बिहीबार उपकार लघुवित्तको कारोबारमा सकारात्मक सर्किट लाग्यो । बलेफी हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतले बढेर २४६ रुपैयाँ पुग्यो ।

बिहीबार बढी घट्नेमा नेपाल इन्भेष्टमेन्ट बैंक, प्रमोटर सेयरको मूल्य ६.६१ प्रतिशतले घटेर २३६ रुपैयाँ, सिंगटी हाइड्रोपावरको कम्पनीको मूल्य ५.३४ प्रतिशतले घट्यो ।

Tags :
प्रतिक्रिया दिनुहोस