२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दलित छात्रको पठनपाठनको जिम्मेवारी गुरुकुलले लिने

अ+ अ-

महोत्तरी । ललितपुरको शङ्खमूलस्थित जगदगुरु आदर्श संस्कृत गुरुकुलमा दलित समुदायका भएकै कारण भर्ना नपाएका चार छात्रले अब महोत्तरीको मटिहानीस्थित गुरुकुलमा पढ्न पाउने भएका छन् ।

दलित भएकै कारण भर्ना नपाएको भन्ने समाचार आएपछि मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयले बर्दियाको बारबर्दिया–६ का चार दलित परिवारका छात्रको पठनपाठनको जिम्मेवारी लिने भएको हो ।

सम्बन्धित समाचार : गुरुकुललाई दलित आयोगले सोध्यो स्पष्टीकरण

ललितपुरको शङ्खमूलस्थित जगदगुरु आदर्श संस्कृत गुरुकुलमा भर्ना नपाएका १० वर्षीय समीर सुनार, १२ वर्षीय विराज सुनार, नौ वर्षीय भुवनेश्वर सुनार र १० वर्षीय भीमबहादुर सुनारले अब मटिहानी गुरुकुलमा भर्ना पाउने भएका हुन् ।

“बर्दियाका चार छात्रको ललितपुर गुरुकुलमा भर्ना हुन नसकेको सञ्चारमाध्यममा देखियो”, मटिहानीस्थित गुरुकुल राजकीय संस्कृत माविका प्राचार्य ईश्वरीप्रसाद पौडेलले भने, ‘हामी ती चारै छात्रको बसोबास, खानपान र पठनपाठनको जिम्मा लिन्छौँ ।’ दलित छात्र र उनीहरुका अभिभावकको पढ्ने/पढाउने रहरको सम्मान गर्दै चारै छात्रको स्वागतका लागि आफ्नो गुरुकुल पर्खिरहेको पौडेलको भनाइ छ ।

आजभन्दा ३०४ वर्ष पहिले स्थापित मुलुककै जेठो गुरुकुल मानिने मटिहानीमा बालगुरु षडाननले पनि शिक्षा लिनुभएको थियो । गुरुकुलमा अहिले हिन्दु धर्म परम्पराका दलित मात्र नभएर इस्लाम धर्मावलम्बी छात्र पनि पढ्दै छन् ।

‘कोही जन्मले सुद्र वा ब्राह्मण हुँदैनन्, सबै कर्मले उच्च हुन सक्छन्, त्यसैले हाम्रो गुरुकुलमा सबै जातजाति र समुदायले उत्तिकै सम्मानसाथ प्रवेश पाउँछन्’, पौडेलले भने ।

ललितपुरको शङ्खमूलस्थित जगदगुरु आदर्श संस्कृत गुरुकुलमा सिट सङ्ख्या पूरा भएको भन्दै भर्ना लिन नसक्ने जनाए पनि सो गुरुकूललमा हाल ३३ मात्र छात्र रहेको बताइएको छ । सो गुरुकुलको वेबसाइटमा सिट सङ्ख्या ५० रहेको पाइन्छ ।

भर्नाका लागि केश मुण्डन र व्रतबन्ध गरी सकेपछि जात थर सोध्दा आफूले नढाँटी बताएपछि गुरुकुलका प्राचार्यले घर जान भनेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस