२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीरेन्द्रनगरले नागरिक सहायता केन्द्र सञ्चालन गर्ने , तोक आदेशबाट योजना नबाँड्ने

अ+ अ-

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले सेवाग्राहीलाई सहज सेवा दिन सहायता केन्द्र सञ्चालन गर्ने भएको छ ।

नगरपालिकाको पहिलो कार्यपालिका बैठकको निर्णय सार्वजनिक गर्दै प्रमुख मोहनमाया ढकालले नपाको सेवा प्रवाहमा सुधार ल्याउन नागरिक सहायता कक्षको व्यवस्था मिलाउने निर्णय भएको जानकारी दिएकी हुन ।

उनका अनुसार केन्द्रमा सेवाग्राही विश्राम स्थल, शुद्ध पिउने पानी, गुनासो सुनुवाइ संयन्त्र निर्माण गरिनेछ ।

यस्तै नगरपालिकाले तोक आदेशबाट योजना तथा बजेट वितरण कार्य रोक्ने निर्णयसमेत गरेको छ ।

‘विभिन्न समिति तथा शाखाहरुबाट बजेट बाँडफाँट गर्ने अभ्यासलाई अन्त्य गर्दै कार्यपालिकाबाट योजना तथा कार्यक्रम स्वीकृत गरी बजेट खर्चमा एकद्वार प्रणाली अवलम्बन गर्ने निर्णय गरेका छौँ’, उनले भनिन्, ‘यसबाट संस्थागत विकास हुने र बजेट चुहावट रोकिने अपेक्षा छ ।’

नगरपालिकाले ज्येष्ठ नागरिक, अति विपन्न, दीर्घरोगीको यर्थाथ विवरण लिई मापदण्ड एवं कार्यविधि तयार गरी निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ । त्यस्तै नगर क्षेत्रका ज्येष्ठ नागरिक तथा गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरिएको छ ।

‘वडा नं १६ बाट प्रदेश अस्पतालसम्म एम्बुलेन्स ल्याउँदा लैजाँदा नागरिकको कम्तीमा दश हजार खर्च हुने देखिएको छ’, प्रमुख ढकालले भनिन, ‘त्यसैले ज्येष्ठ नागरिक र गर्भवती महिलालाई उपचार गर्न आवश्यक एम्बुलेन्स सेवा निःशुल्क गरेका छौँ ।’

बैठकले अन्य निर्णयहरुसमेत गरेको छ । जसअनुसार नगर क्षेत्रमा फोहरमैला व्यवस्थापनलाई प्रभावकारी गराउन वडा समितिलाई पूर्ण रुपमा जिम्मेवारी दिने निर्णय गरिएको छ ।

सार्वजनिक जग्गाको लगत लिई सोको उचित संरक्षण र सार्वजनिक गर्ने तथा वीरेन्द्रनगर नगरपालिका क्षेत्रमा परम्परागत कुलो, नहर, बाटो र सार्वजनिक महत्त्वको क्षेत्र पहिचान गरी अतिक्रमण रोक्नुका साथै सुर्खेत उपत्यका नगर विकास समितिलगायत अन्य सार्वजनिक सरकारी जग्गाको खोजबिन गर्ने, लगत लिने र सोको हालको अवस्थाको समेत वस्तुगत र यर्थाथ विवरण तयार गरी सबैले देख्ने गरी सूचना बोर्ड राखी संरक्षण गर्नेलगायतका निर्णय गरिएको छ ।