कञ्चनपुर जिससमा काँग्रेसको प्यानल निर्विरोध « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

कञ्चनपुर जिससमा काँग्रेसको प्यानल निर्विरोध


२६ जेष्ठ २०७९, बिहिबार


महेन्द्रनगर । जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुखमा नेपाली काँग्रेसका दुर्गादत्त बोहरा निर्विरोध चयन भएका छन् । जिसस प्रमुखमा काँग्रेसको मात्र उम्मेदवारी परेको थियो ।

जिसस उपप्रमुखमा काँग्रेसकै रामकुमारी राना निर्विरोध चयन भएकी छन् ।

जिसस सदस्यहरुमा मोहन महता, रामसिंह भण्डारी, जयसिंह विष्ट, लिला चौधरी, चन्द्रावती थापा, विमलाकुमारी सार्की र अन्जुदेवी राना निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिससमा अन्य दलले उम्मेदवारी दिएका थिएनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस