भारतमा उडानका समय मास्क लगाउन अनिवार्य « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

भारतमा उडानका समय मास्क लगाउन अनिवार्य


२६ जेष्ठ २०७९, बिहिबार


नयाँ दिल्ली । भारतमा हवाई यातायातको नियामक निकायले बुधबार नयाँ निर्देशन जारी गर्दै सबै हवाई यात्रीहरूले उडानभरि नाक र मुख छोपिने गरी मास्क लगाउनु अनिवार्य रहेको जनाएको छ ।

कोभिड–१९ सङ्क्रमण दरमा कमी आएसँगै जहाजमा भएका यात्रुहरूले मुखमा मास्क नलगाएर कोभिड नियमलाई हल्का लिन थालेपछि सरकारी उक्त निकायले उडानका समय मास्कलाई सुरक्षित लगाइराख्न निर्देशन गरेको हो ।

नागरिक उड्डयन महानिर्देशनालयले जारी गरेको निर्देशनमा विमानस्थल परिसरमा पनि मास्क अनिवार्य गरिएको छ ।

नयाँ निर्देशनले भारतमा कोभिड–१९ को सक्रिय सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएपछि मास्कको महत्त्वलाई मान्यता दिएको हो ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार विगत २४ घण्टामा ५२३ नयाँ व्यक्तिमा सङ्क्रमण देखिएको छ । हाल दक्षिण एसियाली यस मुलुकमा २८ हजार ८५७ जना कोभिडका सक्रिय सङ्क्रमित रहेका छन् ।

यो संख्या एक दिनअघिको तुलनामा १ हजार ८८१ ले वृद्धि भएको हो । भारतका विमानस्थलमा सुरक्षा व्यवस्थापन गर्ने केन्द्रीय औद्योगिक सुरक्षा बलका कर्मचारीहरूले विमानस्थलमा मास्क लगाउनुपर्ने नियमलाई निगरानी गर्ने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस