जनताको विश्वास जितेर काम गर्न जनप्रतिनिधिलाई प्रकाशमानको सुझाव « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

जनताको विश्वास जितेर काम गर्न जनप्रतिनिधिलाई प्रकाशमानको सुझाव


२६ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौँ महानगरपालिकामा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई जनताको विश्वास जितेर काम गर्न सुझाव दिएका छन् ।

आज काठमाडौंमा आयोजित बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले आफ्नो जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्न सुझाव दिए ।

‘जनताले विश्वास गरेका छन्, जनताको अझ बढी विश्वास जितेर काम गर्नुस्,’ नेता सिंहले भने, ‘आफ्नो जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्नुस् ।’

काठमाडौं महानगरपालिकामा मेयर पद नजिते पनि ३२ मध्ये १९ वटा वडामा जितेको बताउँदै उनले चुनाव फेरि-फेरि पनि आउँछ भन्ने कुरालाई ख्याल गरेर काम गर्न सुझाव दिए । उनले भने, ‘मलजल गर्‍यो भने नेपाली काँग्रेस अझ राम्रो हुन्छ । पार्टी र सङ्गठनलाई केन्द्रमा राखेर काम गर्नुस् ।’

पार्टीका नेताहरू वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायतले गरेको त्याग र योगदानलाई नबिर्सन उनले सुझाव पनि दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस