मानवीय सहायता मार्ग खोल्नका लागि पहल गरेको युक्रेनको भनाइ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मानवीय सहायता मार्ग खोल्नका लागि पहल गरेको युक्रेनको भनाइ


२५ जेष्ठ २०७९, बुधबार


किभ । युक्रेनले यहाँबाट सामग्री निर्यातका लागि मार्ग खोल्ने प्रक्रियाका लागि पहल थालेको बताएको छ ।

यहाँका अधिकारीले दिएको जानकारीअनुसार यस अघिदेखि नै युक्रेनले आफ्ना उत्पादनलाई निर्यात गरी बाहिर पठाउने पहलका लागि आग्रह गरिरहेको थियो । युक्रेनका विदेशमन्त्रीले मङ्गलबार यस विषयमा जानकारी दिए ।

विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ, युक्रेनका आफ्ना कृषिजन्य उत्पादनलाई निर्यात गरेर बाहिर पठाउने प्रयोजनका लागि संयुक्त राष्ट्रसङ्घसँग मानवीय सहायतासम्बन्धी मार्ग खोल्ने विषयमा पहल गरिएको छ ।

उनले भनेका छन्, ‘युक्रेनले अहिले आफ्ना सबै पहल यहाँका कृषि उपजको निर्यातका विषयमा केन्द्रित गरिरहेको छ’, विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

युक्रेनले यसअघिदेखि नै विश्वका कतिपय देशमा खाद्यान्न ट्रक, रेल तथा सामुद्रिक यातायातबाट पनि आपूर्ति गरिरहेको पनि सो विज्ञप्तिमा जनाइएको छ ।

युक्रेनको बन्दरगाहमा भएको अवरोधका कारण विश्वमा नै खाद्यान्न अभाव हुने बताइएको छ । रुसले युक्रेनमा गरेको हमलाका कारण यहाँको बन्दरगाह तथा आपूर्ति मार्गमा अवरोध पुगेको छ ।

त्यसैले युक्रेनले मानवीय सहायताका सामग्रीको आयात तथा निर्यातका लागि मार्ग खोल्न सहयोग गर्नुपर्ने बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस