पाकिस्तान सरकारलाई पूर्व प्रधानमन्त्री खानको चुनौती « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पाकिस्तान सरकारलाई पूर्व प्रधानमन्त्री खानको चुनौती


२५ जेष्ठ २०७९, बुधबार


इस्लामावाद । पूर्व प्रधानमन्त्री एवम् इमरान खानले पाकिस्तान तहरीक–ए–इन्साफ(पिटिआई) का अध्यक्ष इमरान खानले ‘आजादी मार्च’ जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै आफूलाई रोक्न शहबाज सरिफ नेतृत्वको सरकारलाई चुनौती दिएका छन् ।

बानी गालामा वकिलहरूको भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री खानले आफ्नो पार्टीका सदस्यहरूलाई जेलमा हालियोस् वा अन्य रणनीति अपनाइयोस् पिटिआईको सरकारविरुद्धको आन्दोलन नरोकिने बताए ।

‘उनीहरूले हामीलाई जसरी यातना दिए त्यो मार्सल लको युगमा पनि देखिएको थिएन,’ अप्रिलमा प्रधानमन्त्रीको कार्यालयबाट हटाइएका खानले आन्दोलनलाई रोक्न र आफूलाई जेलमा हाल्न सरकारले खोजिरहेको बताउँदै उनले भने । आफूलाई जेलमा हाले पनि वा अन्य उपाय अपनाए पनि आन्दोलन नरोकिने दृढता पूर्व प्रधानमन्त्री खानले व्यक्त गरे ।

उनले आफूलाई जेलमा हाल्ने योजना बनाइएको बताए पनि चुनावको मिति घोषणा नभएसम्म आन्दोलन जारी रहने उल्लेख गर्दै आफूहरूमाथि सरकारले षड्यन्त्र गरेको आरोप लगाए ।

वर्तमान सरकारले देशको भविष्य अन्धकार पारेको पनि उनले बताए । यसैबीच, पाकिस्तान सरकारले तत्काल चुनाव गराउन अस्वीकार गर्दै आफ्नो कार्यकाल पूरा गर्ने बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस