पाँच एआइजीको पदस्थापन, दुईको सरुवा « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

पाँच एआइजीको पदस्थापन, दुईको सरुवा


२४ जेष्ठ २०७९, मंगलबार


एक हबल्दार, पाँच सहायक हबल्दारसहित २२ जना प्रहरी सम्पर्कविहीन

काठमाडौँ । सरकारले नेपाल प्रहरीका पाँच एआईजीको बढुवासँगै पदस्थापन एवं दुई एआईजीको सरुवा गरेको छ।

सोमबारको मन्त्रिपरिषद् बैठकले एआइजी रवीन्द्र बहादुर धानुकलाई उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको प्रमुखमा सरुवा गरेको छ। त्यस्तै विश्वराज पोखरेललाई मानव स्रोत विकास विभागबाट प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ।

त्यस्तै एआईजी बढुवा भएका सहकुल थापाबाहेक सबैको जिम्मेवारी हेरफेर भएको छ। थापा कार्य विभागमा यथावत् रहँदा केन्द्रीय अनुसन्धान ब्युरोमा उत्तम सुवेदी, मानव स्रोत विभागमा पूजा सिंह, प्रशासन विभागमा अरुण कुमार बिसी, प्रहरी प्रशिक्षण प्रतिष्ठानमा मुकुन्द आचार्य र अपराध अनुसन्धान विभागमा दिवेश लोहनीलाई पदस्थापन गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस