भरतपुर महानगरमा अनलाइन भुक्तानी प्रणाली सुरु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भरतपुर महानगरमा अनलाइन भुक्तानी प्रणाली सुरु


२४ जेष्ठ २०७९, मंगलबार


चितवन । भरतपुर महानगरपालिकामा अनलाइन भुक्तानी प्रणाली र डिजिटल बडापत्रको आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । महानगरप्रमुख रेनु दाहालले प्रणाली र बडापत्रको उद्घाटन गरेकी हुन् ।

अनलाइन भुक्तानी प्रणाली सुरु गरेसँगै सम्पत्ति कर, नक्सा पास, राजश्व, बहाल कर लगायतका महानगरमा भुक्तानी गर्ने सबै प्रकारका करहरु घरबाट नै तिर्न सकिने गरी अनलाइन भुक्तानी प्रणाली सुरु गरिएको हो ।

हरेक वडामा डिजिटल प्रविधिबाट काम गर्ने तयारीस्वरुप यो सेवा सुरु गरिएको महानगरप्रमुख रेनु दाहालले बताइन् । उनले भनिन्, ‘डिजिटल महानगर बनाउने उद्देश्यका साथ काम भइरहेको छ ।”’

पहिलो चरणमा महानगरबाट कागजरहित सेवा उपलब्ध गराउन यो प्रणालीको सुरुआत गरिएको उनले बताइन् । स्मार्ट सिटीको अवधारणाअन्तर्गत महानगरको काम अघि बढेको उनले जानकारी दिइन् ।

महानगर उपप्रमुख चित्रसेन अधिकारीले अनलाइन प्रणालीमार्फत सेवा लिन सबैलाई आग्रह गरे । उनले भने, ‘अनलाइन प्रणाली सुरु भएसँगै भ्रष्टाचारसमेत कम हुनेछ ।’ जनताले सेवा सुविधा चुस्त रुपमा पाउन सक्ने उनको भनाइ थियो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले दर्ता चलानीलाई व्यवस्थित गर्न वैज्ञानिक प्रक्रियाबाट काम सुरु गरिएको बताए । डिजिटल बडापत्रमा नागरिकले पाउने सूचनाहरु लिन सहज हुने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस