एसियाली खेलकुदका लागि बन्द प्रशिक्षण आजदेखि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एसियाली खेलकुदका लागि बन्द प्रशिक्षण आजदेखि


२४ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । चीनमा आयोजना हुने १९ औँ संस्करणको एसियाली खेलकुदका लागि बन्द प्रशिक्षण आजदेखि सुरु हुँदैछ ।

आजदेखि महिला फुटबलसहित २३ खेलका खेलाडीको प्रशिक्षण सुरु गर्ने राष्ट्रिय खेलकुद परिषद् राखेपले जनाएको छ । आजदेखि सुरु हुने प्रशिक्षणका लागि राखेपले हिजो ४० जना महिला फुटबल खेलाडीलाई बन्द प्रशिक्षणमा डाकेको थियो ।

नेपालबाट एसियन खेलमा २३ वटा खेलको सहभागिता रहने निर्णय भएको छ । तर, एसियन खेल भने स्थगित भइसकेको छ । प्रतियोगिताको नयाँ मिति घोषणा नभए पनि राखेपले बन्द प्रशिक्षण आजदेखि थाल्ने भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस