२०६५ अङ्कमा झर्‍यो नेप्से , कुल १ अर्ब २७ करोड रुपैयाँको कारोबार « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

२०६५ अङ्कमा झर्‍यो नेप्से , कुल १ अर्ब २७ करोड रुपैयाँको कारोबार


२३ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । सेयर बजारको परिसूचक नेप्से २०६५ अङ्कमा झरेको छ । आज (सोमबार) नेप्से १२.९२ अङ्क घटेको हो ।

कुल १ अर्ब २७ करोड रुपैयाँको कारोबार भयो । विकास बैङ्क ११, फाइनान्स ३, उत्पादन २१, लघुवित्त २२ र अन्य उपसमूह १ अङ्क बढे । बैङ्किङ १९, होटल तथा पर्यटन १, जलविद्युत् ५, जीवन बीमा १९८ र निर्जीवन बीमा उपसमूह ४९ अङ्क घटे ।

उपकार लघुवित्त र बलेफी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । नारायणी डेभलपमेन्टको मूल्य ६ प्रतिशत बढ्यो । इन्भेस्टमेन्टसँग मर्ज तोडिएपछि कारोबार खुलेको पहिलो दिन हिमालयन बैङ्कको मूल्य १० प्रतिशत घट्यो ।

कम्पनीको मूल्य प्रतिकित्ता ३४८.९० कायम भएको छ । कारोबार रकमका आधारमा एसियन लाइफ, एनआईसी एसिया बैङ्क, नेपाल लाइफ, अरुणभ्याली हाइड्रो र हिमालयन डिस्टिलरी क्रमश: अगाडि रहे ।

Tags :
प्रतिक्रिया दिनुहोस