काजकिस्तानका झन्डै ७७ प्रतिशत जनता संविधान संशोधनको पक्षमा : सर्वेक्षण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काजकिस्तानका झन्डै ७७ प्रतिशत जनता संविधान संशोधनको पक्षमा : सर्वेक्षण


२३ जेष्ठ २०७९, सोमबार


काजकिस्तान । काजकिस्तानका झन्डै ७७ प्रतिशत मतदाता संविधान संशोधनको पक्षमा रहेको पाइएको छ ।

काजकिस्तानकै एक समाचार संस्थाले आइतबार सार्वजनिक गरेको विवरण अनुसार ७६.७ प्रतिशत मतदाता संविधान संशोधनको पक्षमा देखिएका हुन् ।

त्यसै गरी अरु २३.३ प्रतिशत मतदाता भने संविधान संशोधनको विपक्षमा उभिएको पनि विवरणमा उल्लेख गरिएको छ ।

मतदानबाट फर्किएकालाई सोधेर तयार पारिएको प्रतिवेदनले ठुलो सङ्ख्याका मतदाता संशोधनको पक्षमा रहेको देखाएको हो ।

सर्वेक्षणमा देशभरिबाट तीन लाख ५० हजार मतदाता सहभागी भएर उत्तर दिएको सर्वेक्षकहरूले जानकारी दिएका छन् ।

संविधान संशोधन सम्बन्धी जनमतको अन्तिम र औपचारिक परिणाम भने सार्वजनिक हुन बाँकी नै रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस