भारत निर्यात हुने नेपाली कृषि उत्पादनको परीक्षण बिहारमा हुने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भारत निर्यात हुने नेपाली कृषि उत्पादनको परीक्षण बिहारमा हुने


२२ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । नेपालले भारत निर्यात गर्ने कृषि उत्पादनको परीक्षण बिहारमा हुने भएको छ । हालसम्म नेपाली कृषि उत्पादनको गुणस्तर जाँच गर्न दिल्ली वा कलकत्तामा नमुना पठाइँदै आएकोमा परीक्षणपछि मात्रै वस्तु निर्यात गर्नुपर्ने हुँदा निर्यातकर्ता व्यवसायीलाई धेरै समय व्यर्थ खर्चिनुपर्ने बाध्यता अब अन्त्य भएको छ ।

आइतबारदेखि रक्सौलमा सञ्चालनमा आएको खाद्य प्रयोगशालाको भारतका स्वास्थ्य एवम् परिवार कल्याण मन्त्री मनसुख मण्डावियाले उद्घाटन गरेका छन् । जसमा नेपालको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रा राय यादवको उपस्थिति थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस