अब मधेस प्रदेशका सरकारी अस्पतालमा विपन्नको निःशुल्क उपचार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अब मधेस प्रदेशका सरकारी अस्पतालमा विपन्नको निःशुल्क उपचार


२२ जेष्ठ २०७९, आइतबार


जनकपुरधाम । अब मधेस प्रदेशका विपन्न नागरिकले सरकारी अस्पतालमा निःशुल्क सेवा लिन पाउने भएका छन् ।

मधेस सरकारको आर्थिक २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख हरिशंकर मिश्रले सम्बन्धित पालिकाको सिफारिसमा विपन्नलाई सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइने बताए ।

उनले अब सरकारी अस्पतालमा बिरामी दर्ता शुल्क नलाग्ने पनि बताए ।

उनले सरकारी अस्पतालमा ल्याब परीक्षण गर्दा ९० प्रतिशत छुट दिने व्यवस्था मिलाइने घोषणा गरेका छन् । यस्तै ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य परीक्षण गरिनेछ ।

सरकारले मुख्यमन्त्री घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिने पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ । सहिद दुर्गानन्द झाको नाममा बाल अस्पताल सञ्चालन गरिनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस