२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचनमा गठबन्धनको घेरा तोड्यौँ : योगेश भट्टराई

अ+ अ-

ताप्लेजुङ । नेकपा एमालेका सचिव एवं सङ्घीय सांसद योगेश भट्टराईले स्थानीय तह निर्वाचनमा गठबन्धनको घेरा तोड्न सफल भए पनि अलिकति घाइते हुनुपरेको बताएका छन् ।

गृह जिल्ला ताप्लेजुङमा आज (आइतबार) निर्वाचित जनप्रतिनिधिलाई बधाई एवं शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले एउटा सिपाही सामान्य घाइते हुँदा उसको युद्ध नसकिने र अझ रणनीतिक कौशलताका साथ अगाडि बढ्नुपर्ने बताए ।

जनपक्षीय उम्मेदवारलाई जिताउन २०४३ को निर्वाचनदेखि प्रजातन्त्र प्राप्तिपछिका हरेक निर्वाचनलाई मूल्याङ्कन गर्दा यो पटक पार्टीका सबैभन्दा बढी अन्तर्घात भएको आफूले पाएको पनि उनले दाबी गरे ।

पार्टीमा बसेर अन्तर्घात गर्नु गैर जिम्मेवार कार्य भएको भन्दै उनले यसको पृष्ठभूमिदेखि नै गएर समीक्षा गर्नुपर्ने पनि बताए । उनले भने, ‘मैले ४३ सालदेखिको निर्वाचन नजिकबाट देखे भोगेको छु । नेकपा एमालेभित्र पहिलो पटक अन्तर्घात भन्छन् हो त्यस्तो यत्ति ठुलो देखिएको छ, यसको गम्भीर समीक्षा गर्नुपर्छ ।’ उम्मेदवार छनौटदेखि नै कमजोरी भयो कि, किन भयो भनेर समीक्षा गर्नुपर्ने उनले बताए ।

माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीप्रति लक्षित गर्दै भट्टराईले एमाले दुई-चार सिट जितेर च्याँखे थाप्ने पार्टी नभएको दाबी गर्दै कार्यकर्तालाई इखालु भएर लाग्न निर्देशन दिए । ‘इख नभएको मान्छे र बिख नभएको सर्प काम दिँदैन भन्छन्,’ भट्टराईले थपे, ‘हामीसँग प्रतिरोधी क्षमता हुनुपर्छ र अलिकति इखालु बन्नु पर्छ ।’

दोस्रो आवधिक निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई अब सिक्दैछौं भन्ने छुट नभएकाले काम गरेर देखाउन आग्रह गरे । उनले उपभोक्ता समिति सबैभन्दा धेरै विवादमा परेका र त्यसमा जनप्रतिनिधि जोडिएकाले ठेक्का प्रक्रियामा जान पनि जनप्रतिनिधिलाई निर्देशन दिए । हरेक जनप्रतिनिधिले तीन दिनसम्ममा स्थानीय सरकार सञ्चालन ऐन पढ्न उनले आग्रह गरे । ‘हाम्रो कानुनी मुलुक हो, तपाईँले म यसो, उसो गर्छु भनेर मात्रै हुँदैन,’ भट्टराईले थपे, ‘कानुन अनुसारको काम गर्नुपर्ने भएकाले तपाईँले अनिवार्य अध्ययन गर्नु पर्छ ।’

प्रत्येक जनप्रतिनिधि वा पार्टीका पराजित उम्मेदवारलाई दुई हप्तामा एक पटक त्यो सम्भव नभए महिनामा एक पटक जनताका घरदैलोमा अनिवार्य पुग्न पनि निर्देशन दिए । कहिल्यै सङ्गठन र प्रशिक्षण नगर्ने काँग्रेस सङ्गठन र प्रशिक्षणमा लागेकाले तर सिकाउने एमाले कार्यकर्ताले त्यसलाई गति दिन नसकेको उनको गुनासो थियो ।

प्रतिक्रिया दिनुहोस