काठमाडौँ । मुग्लिङ-पोखरा सडकखण्ड अन्तर्गत तनहुँको याम्पा फाँट र घाँसीकुवा खण्ड आजदेखि रातिको समयमा बन्द हुने भएको छ । आज राति ११ बजेदेखि बिहान ४ बजेसम्मको लागि बन्द गरिने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
याम्पा फाँटदेखि घाँसीकुवा खण्डमा सडक खन्नुपर्ने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि आजदेखि सडक बन्द गर्न लागिएको मुग्लिङ पोखरा सडक आयोजना तनहुँले जनाएको छ।
आयोजनाले सो सडकखण्डमा राति ११ बजे अगाडी र बिहान ४ बजेपछि मात्रै सवारी चलाउन आग्रह गरेको छ । मुग्लिन-पोखरा सडकखण्डका विभिन्न स्थानमा सडक फराकिलो बनाउने र मर्मत गर्ने कार्य भइरहेको छ।