माओवादी केन्द्रका पूर्वस्थायी कमिटी सदस्यहरूको बैठक खुमलटारमा जारी « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

माओवादी केन्द्रका पूर्वस्थायी कमिटी सदस्यहरूको बैठक खुमलटारमा जारी


२२ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका पूर्वस्थायी कमिटी सदस्यहरूको बैठक सुरु भएको छ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा आज बिहान बैठक बसेको हो।

माओवादीमा आठौँ महाधिवेशनपछि पदाधिकारी चयन गरिएको छैन। केन्द्रीय कमिटी गठन र अध्यक्षमा दाहाल चयन भएका थिए।

माओवादीले पदाधिकारी नभएका बेला केही विषयमा छलफल गर्नुपरे पूर्वस्थायी कमिटी बैठक गर्ने गरेको छ।

स्थानीय निर्वाचन समीक्षा, समसामयिक राजनीतिक घटनाक्रमबारे आज छलफल गर्ने तयारी छ।

Tags :
प्रतिक्रिया दिनुहोस