घनश्याम भुसालमाथि कारबाही सिफारिस भएपछि योगेशको आयो यस्तो प्रतिक्रिया « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

घनश्याम भुसालमाथि कारबाही सिफारिस भएपछि योगेशको आयो यस्तो प्रतिक्रिया


२२ जेष्ठ २०७९, आइतबार


काठमाडौं । नेकपा (एमाले)को अनुशासन आयोगले स्थायी समिति सदस्य घनश्याम भुसालमाथि कारबाही सिफारिस गरेकोमा सचिव योगेश भट्टराईले असन्तुष्टि जनाएका छन् । उनले आवेग र उत्तेजनामा गरिने क्रिया प्रतिक्रियाले सही ठाउँमा नपुर्‍याउने बताए।

‘सामाजिक सञ्जालमा उनी लेख्छन् ‘अप्ठ्यारो बेलामा सबै समालिनु पर्छ । आवेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि क्रिया र प्रतिक्रियाले सहि ठाउँमा पुर्‍याउँदैन। फेरि पनि बादे बादे जायते तत्व बोध।’

स्थानीय तहको निर्वाचनपछि एक अन्तर्वार्तामा भुसालले पार्टी नेतृत्वले गलत नीति लिँदा निर्वाचनमा एमालेले पराजय व्यहोर्नुपरेको भन्दै आलोचना गरेको भन्दै शनिबार अनुशासन आयोगले कारबाही सिफारिस गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस