२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्व बजारमा पेट्रोलियम पदार्थको चरम अभावले मूल्य वृद्धि : मन्त्री बडु

अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले विश्व बजारमा पेट्रोलियम पदार्थको चरम अभावका कारण नेपालमा पनि मूल्य वृद्धि गर्नुपरेको प्रस्ट पारेका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा सांसद देवेन्द्र दाहालले पेस गरेको ‘खाना पकाउने ग्यास, डिजेल, पेट्रोल, मट्टितेललगायतका अत्यावश्यक वस्तु तथा सेवाको मूल्य वृद्धिले पारेको असर न्यूनीकरणका लागि मूल्य घटाउन यथाशीघ्र पहल गरियोस्’ भन्ने विषयक जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफमा उनले सो कुरा बताएका हुन् ।

मन्त्री बडुले भने, ‘रुस र युक्रेनबीको युद्धका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको चरम अभाव र त्यसको कारणले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण नेपालमा पनि बाध्यत्मकरुपमा मूल्य वृद्धि गर्नुपरेको हो ।’

मन्त्री बडुले पेट्रोलियम पदार्थको मूल्य समायोजनमा सरकार सधैँ संवेदनशील रहेको प्रस्ट पार्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण आम जनतामा पर्न गएको असुविधालाई ध्यानमा राख्दै सरकारले हाल पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेर मूल्य घटाउने र उपभोक्तालाई राहत प्रदान गर्ने उद्देश्यले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर १० रुपैयाँ घटाइएको जानकारी दिए ।

उनले भने, ‘नेपाल आयल निगमबाट आर्थिक वर्ष २०७७/०७८ मा पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन गरी कुल दुई अर्ब ३८ करोड लिटर तथा एलपी ग्यास चार लाख ७८ हजार मेट्रिक टन खरिद गरिएको र सो बापत इन्डियन आयल कर्पोरेसनलाई रु एक खर्ब ५८ अर्ब रुपैयाँ भुक्तानी भएको छ, चालु आवको जेठ महिनाको पहिलो हप्तासम्ममा करिब दुई खर्ब ५७ अर्बको पेट्रोलियम पदार्थको आयात भैसकेको छ, जुन गत आर्थिक वर्षको भन्दा दश महिनामा झन्डै एक खर्ब बढी आयात भएको अवस्था छ ।’ उनले समग्र पेट्रोलियम पदार्थको अध्ययन गर्न उच्चस्तरीय अध्ययन कार्यदल गठन गरिएको समेत जानकारी दिए ।

उनले पेट्रोलमा मासिक रु. एक अर्ब ८३ करोड घाटा, डिजेलमा मासिक तीन अर्ब ७३ करोड घाटा, एलपी ग्यासमा मासिक दुई अर्ब ८६ करोड घाटा, मट्टितेल र हवाई इन्धनमा ६५ करोड नाफा गरी हेर्दा हाल आयल निगम मासिक रुपमा सात अर्ब ७७ करोड घाटामा सञ्चालित रहेको जानकारी दिए ।

सो प्रस्तावलाई सांसद भैरव सुन्दर श्रेष्ठ, विमला घिमिरे, खिमलाल देवकोटा र शेखर कुमार सिंहले समर्थन गरेका थिए ।

प्रस्तावमाथिको छलफलमा सांसदहरु राजेन्द्र लक्ष्मी गैरे, गङ्गा कुमारी वेल्वासे, भगवती न्यौपाने, अनिता देवकोटा, सुमित्रा विसी, कमला पन्त, सुरेश कुमार आले मगर र दिलकुमारी रावल थापा र डा विमला राई पौड्यालले मूल्य वृद्धि घटाउनुपर्ने माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस