हेटौँडामा अर्काको नाममा परीक्षा दिने दुईजना पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

हेटौँडामा अर्काको नाममा परीक्षा दिने दुईजना पक्राउ


२० जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । मकवानपुरमा अर्काको नाममा परीक्षा दिने दुईजना पक्राउ परेका छन् ।

हेटौँडा उपमहानगरपालिका-१ स्थित स्कुलमा सञ्चालन भइरहेको लोकसेवा आयोगको प्रशासन लेखा सहायक चौथो तहको परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा एकजना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका-२ बस्ने ४२ वर्षीय दीपेन्द्र प्रसाद बास्ताकोटी छन् ।

महोत्तरी पोखभिण्डा बस्ने अभय कुमार यादवको ठाउँमा बास्ताकोटीले परीक्षा दिइरहेको अवस्थामा फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।

यस्तै, हेटौँडा उपमहानगरपालिका-११ स्थित यातायात व्यवस्था कार्यालय हेटौँडाले लिइरहेको मोटरसाइकलको सवारी चालक अनुमति पत्रको परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा मकवानपुर बकैया गाउँपालिका-७ बस्ने २० वर्षीय सन्तोष गौतम पक्राउ परेका छन् ।

सोही गाउँपालिका-७ बस्ने टुकनाथ गौतमको ठाउँमा उनकै छोरा सन्तोषले परीक्षा दिइरहेको अवस्थामा फेला पारी यातायात कार्यालयले प्रहरीलाई खबर गरेपछि उनलाई पक्राउ गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस