कैलालीमा माओवादी सत्ता गठबन्धनबाट बाहिरियो, एमालेसहित अन्य पार्टीसँग सहकार्य « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कैलालीमा माओवादी सत्ता गठबन्धनबाट बाहिरियो, एमालेसहित अन्य पार्टीसँग सहकार्य


२० जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । कैलालीमा नेकपा माओवादी केन्द्रले नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीसँगको गठबन्धन तोडेको छ ।

३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनमा आबद्ध यी दुवै पार्टीसँग तालमेल गरेको माओवादीले जिल्ला समन्वय समिति (जिसस) गठनमा भने नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीसँग सहकार्य गर्ने सहमति गरेको छ ।

बिहीबार धनगढीमा बसेको नेकपा एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीको संयुक्त बैठकले जिल्ला समन्वय समिति गठनमा सहकार्य गर्ने निर्णय गरेको छ ।

एमाले कैलालीका सचिव डेजी पाण्डेले सहमतिअनुसार जिल्ला समन्वय समितिको प्रमुखसहित दुई सदस्य नागरिक उन्मुक्ति पार्टी, उपप्रमुख सहित एक सदस्य नेकपा एमाले र चार सदस्य माओवादी केन्द्रले लिने जानकारी दिए ।

१३ वटा स्थानीय तह रहेको कैलालीमा जिल्ला समन्वय समिति गठन गर्न १४ जना एक ठाउँमा उभिनुपर्ने हुन्छ । त्यहाँ स्थानीय निर्वाचनमा सबैभन्दा ठुलो दल बनेको नागरिक उन्मुक्ति पार्टीका सात, एमालेका पाँच र माओवादी केन्द्रका चार जना प्रमुख–उपप्रमुख छन्, जुन संख्या जिल्ला समन्वय समिति गठन गर्न आवश्यक पर्ने बहुमतभन्दा बढी हो ।

Tags :
प्रतिक्रिया दिनुहोस