आईसीसी यू-१९ विश्वकप छनोट : नेपाल र कतार भिड्दै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आईसीसी यू-१९ विश्वकप छनोट : नेपाल र कतार भिड्दै


२० जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट आज शुक्रबारबाट मलेसियामा सुरु हुँदैछ ।

छनोटको पहिलो खेलमा नेपालले आज कतारको सामना गर्दैछ ।

विश्वकपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली जित निकाल्दै सुखद सुरुआत गर्न चाहन्छ ।

कतार पनि नेपाललाई हराएर विजयी सुरुआतको लक्ष्यमा हुनेछ ।

छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोलीले दक्षिण अफ्रीकाको टिकट काट्ने छन् ।

यस्तै नेपालले दोस्रो खेलमा युएईविरुद्ध जुन ४ मा खेल्दा भुटानविरुद्ध जुन ६ मा खेल्नेछ ।

त्यस्तै नेपालले जुन ७ मा थाइल्याण्ड र जुन ९ मा मलेसियाविरुद्ध खेल्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस