२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देश बनाउन बलियो राष्ट्रिय शक्ति आवश्यक छ : शङ्कर पोखरेल

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले देश बनाउनका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताएका छन् ।

आज (बिहीबार) नेपाल राष्ट्र बैङ्क कर्मचारी सङ्घको आठौँ केन्द्रीय परिषद् बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले देश बनाउनका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्ने बताएका हुन् ।

उनले दलहरूको गठबन्धनले देश बनाउन नसकिने बताउँदै जति धेरै राजनीतिक दलहरू हुन्छन् उति नै अस्थिरता, राजनीतिक विचलन र वैदेशिक हस्तक्षेप हुने बताए ।

देशलाई बनाउने हो भने नेपालमा थोरै बलिया राष्ट्रिय शक्तिहरूको निर्माण गर्नुपर्ने उनको भनाइ छ । महासचिव पोखरेलले स्वतन्त्र व्यक्तिले देश बनाउन नसक्ने भन्दै उनीहरू राजनीतिमा सफल हुन चाहे संस्थागत प्रक्रियामा जोडिनुपर्ने बताए ।

‘दुनियाँमा कहीँ पनि गठबन्धनले देश बनाएको दलहरू मिलेर देश बनाएको भन्ने कुरा हामीले सुन्दैनौँ । देश बनाउनका लागि राष्ट्रिय शक्ति चाहिन्छ । गठबन्धन राष्ट्र निर्माणका लागि सजिलो हुनै सक्दैन‚’ उनले भने‚ ‘आज मुलुकको राजनीतिलाई गठबन्धनतर्फ लाने जुन कोसिस भएको छ‚ यो राष्ट्र निर्माणको बाटो होइन । प्राविधिक रुपमा जित हासिल गर्नका लागि गठबन्धन सफल भयो होला तर त्यसका माध्यमबाट राष्ट्र बन्न सक्दैन ।’

राष्ट्र बन्नका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्ने बताउँदै महासचिव पोखरेलले जति धेरै राजनीतिक दलहरू भयो त्यति धेरै अस्थिरता हुने बताए ।

‘यो नेपाली राजनीतिले भोगिरहेको यथार्थ होस पीडा हो । यदि हामी राष्ट्र बनाउन चाहन्छौँ भने त्यो अवस्थाबाट मुलुकलाई मुक्त गर्नु जरुरी छ र नेपालमा थोरै, बलिया राष्ट्रिय शक्तिहरूको निर्माण गर्नु जरुरी छ‚’ उनले भने‚ ‘होला असन्तुष्टिहरू बालेनका रुपमा वा साम्पाङका रुपमा बेला बखत प्रकट हुन्छन् । तर‚ त्यो राज्य सञ्चालकको प्रवृत्ति होइन । एक प्रकारले भन्ने हो भने त्यो राजनीतिमा नो भोटको प्रवृत्तिका रुपमा त्यस्ता पात्र र प्रवृत्तिहरू देखा पर्छन् ।’

प्रतिक्रिया दिनुहोस