२११२ अङ्कमा झर्‍यो नेप्से, कुल १ अर्ब १६ करोड रुपैयाँको कारोबार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

२११२ अङ्कमा झर्‍यो नेप्से, कुल १ अर्ब १६ करोड रुपैयाँको कारोबार


१९ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । आज (बिहीबार) सेयर बजारको परिसूचक नेप्से २११२ अङ्कमा झरेको छ । १८.२६ अङ्कले घटेर नेप्से २११२ अङ्कमा कायम भएको हो ।

दिनभर कुल १ अर्ब १६ करोड रुपैयाँको कारोबार भयो । सबैजसो उपसमूहका सूचक घटेका छन् ।

बैङ्किङ ११, विकास बैङ्क १९, फाइनान्स ५, होटल तथा पर्यटन १३, जलविद्युत् १३, जीवन बीमा १४६, उत्पादन ४१, माइक्रोफाइनान्स २९, निर्जीवन बीमा १३८, अन्य २४ र व्यापार उपसमूह ४६ अङ्कले घटे ।

कुल १४९ कम्पनीको मूल्य घट्दा ६ को स्थिर रह्यो भने ३९ को बढ्यो । बलेफी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । प्रभु लाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ६ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा माउन्टेन हाइड्रो, एनआईसी एसिया बैङ्क, नबिल बैङ्क, हिमालयन डिस्टिलरी र शिखर इन्स्योरेन्स क्रमश: अगाडि रहे ।

Tags :
प्रतिक्रिया दिनुहोस