२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनाङमा ५० प्रतिशत मात्रै पुस्तक आइपुग्यो

अ+ अ-

मनाङ । यस वर्षको शैक्षिक सत्र सुरु भएको तीन हप्ता बढी भएको छ । तर सामुदायिक विद्यालयका विद्यार्थीको हात हातमा पाठ्यक्रमअनुसारका सबै पुस्तक पुग्न सकेको छैन ।

विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पुस्तक छपाइ एवं वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समयमै छपाइ तथा वितरण गर्न नसक्दा देशभर सबै पुस्तक अभाव भएको हो ।

हिमाली जिल्ला मनाङमा शैक्षिक सत्र सुरु भएको तीन साता बढी हुँदा ५० प्रतिशत मात्रै पुस्तक आइपुगेको शिक्षा विकास तथा समन्वय एकाइ मनाङका प्रमुख मतिलाल चपाईंले जानकारी दिए ।

‘जिल्लामा आवश्यक पुस्तक समयमा आउनै मुस्किल छ, विगतमा जस्तो जिल्लाका माथिल्लो मनाङ र तल्लो मनाङमा फरक–फरक गरी शैक्षिक सत्र सुरु हुने भए पनि यस वर्ष एक साथ सञ्चालन गरिएको छ । पुस्तक अभावले भने पठनपाठनमा समस्या सिर्जना भएको छ,’ चपाईंले भने ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समयमा नै सबै पुस्तक छपाइ भ्याएर प्रत्येक जिल्लामा आउनुपर्ने भए पनि समयमा पूरा नगर्दा त्यसको असर प्रत्यक्ष रुपमा बालबालिकाको भविष्यमाथि परेको उनी बताउँछन् ।

‘सबै विद्यार्थी एउटै श्रेणीका हुँदैनन् । केहीलाई पुस्तकबिना बुझाउनै मुस्किल छ । तर, पुस्तक अभावले बालबालिकाको शिक्षण सिकाइमा असर परेको छ,’ उनले भने, ‘तेस्रो हप्ता बढी भइसक्दा बल्ल ५० प्रतिशत पुस्तक जिल्लामा आइपुगेको छ । पुरै आउन अझै समय लाग्ने अवस्था देखिएको छ ।’

सरकारले कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा निजी क्षेत्रलाई दिएपछि जनक शिक्षाले कक्षा ४ देखि १० सम्मको पाठ्यपुस्तक छाप्दै आएको छ ।

जनक शिक्षाले अझै ३३ लाख थान पुस्तक छाप्नै बाँकी रहेको जनाएको छ । चालू शैक्षिक सत्रका लागि आवश्यक एक करोड ९८ लाख थान पुस्तक छाप्नुपर्नेमा अहिलेसम्म एक करोड ६५ लाख थान मात्रै पुस्तक छापिएको केन्द्रले जनाएको छ । जनक शिक्षाले विद्यालय तहको ८५ प्रतिशत पुस्तक छपाइ सम्पन्न गरेको र १५ प्रतिशत छपाइ भइरहेको जनाएको छ ।

यस वर्षको शैक्षिक सत्रलाई जनक शिक्षाले एक करोड ९८ लाख थान पुस्तक छाप्नुपर्ने हो । अहिलेसम्म एक करोड ६५ लाख थान पुस्तक छपाइ सम्पन्न भएर वितरण गरेको जनाउँदै आएको छ । बाँकी पुस्तक असार पहिलो हप्तासम्म छपाइ सक्ने र अबको एक महिनाभित्र नै विद्यार्थीको हात हातमा पुस्तक पुर्‍याउने जनक शिक्षाले जनाएको छ ।

केन्द्र बिक्रेतामार्फत ७७ वटै जिल्लामा पुस्तक वितरण सुरु गरिसकेको जनाएको छ । काठमाडौँ उपत्यकाभन्दा बाहिर हिमाली तथा पहाडी जिल्लालाई प्राथमिकतामा राखेर पुस्तक वितरण गरेको बताउँदै आएको छ । बाहिरी जिल्लामा अपुग भएको पुस्तक दैनिक एक/दुई ट्रक पठाइरहेको पनि जनाएको छ ।

सबै पुस्तक जिल्लामा आइनपुगेको र केही थान आएकाले पठनपाठनलाई विभिन्न माध्यमबाट विद्यार्थीलाई पठनपाठनमा सहज बनाउने प्रयासमा लागिरहेको लोकप्रिय माध्यमिक विद्यालय चामेका प्रधानाध्यापक कृष्णदास कोइरालाले बताए । विद्यालय आए पनि पुस्तक सबै विषयका पुस्तक आइनपुग्दा पठनपाठनमा सकस भएको कोइरालाले बताए।

उनका अनुसार पुस्तकका पाठ डाउनलोड गरी सम्भव भएसम्म विद्यार्थीलाई ‘हेन्सआउट’ दिएर पठनपाठन हुँदै आएको छ । ‘टपिक्स डाउनलोड गर्ने र फोटोकपी गरेर पठनपाठनलाई अगाडि बढाएका छौँ, महाविपत्तिले त्रास नै त्रासमा पठनपाठन गराइरहेको अवस्थामा पाठ्यपुस्तकको अभावले समस्या थपिएको छ,’ कोइरालाले भने ।

लोकप्रिय माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छात्रा सरिता गुरुङ पाठ्यपुस्तक नपाउँदा पुस्तक हेरेर होमवर्क गर्न समस्या भएको बताउँछिन् । शिक्षकले सिकाएका सबै दिमागमा लिन नसकेको अवस्थामा किताब हेर्न नपाएर सिके पनि सहज भने नभएको उनी बताउँछिन् ।

‘हाम्रो त किताब हेरेर पढ्ने बानी छ नि ! किताब हेर्ने बानीले किताबबिना त पढेको र बुझेको जस्तो नै लाग्दैन । केही किताब आएको छ । अब बिस्तारै सजिलो बन्छ होला’ उनले भनिन् । उनका अनुसार शिक्षकले दिएका गृहकार्य गर्ने क्रममा पुस्तक हेर्न नपाउँदा समस्या हुन्छ ।

प्रतिक्रिया दिनुहोस