बैतडीमा दुई थान भरुवा बन्दुकसहित २ जना पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बैतडीमा दुई थान भरुवा बन्दुकसहित २ जना पक्राउ


१८ जेष्ठ २०७९, बुधबार


पक्राउ

बैतडी । डिलासैनी गाउँपालिका-४ नुवाकोट भन्ने स्थानबाट दुई थान भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा दोगडाकेदार गाउँपालिका-८ बस्ने ४० वर्षीय हिक्मतबहादुर बिष्ट र डिलासैनी गाउँपालिका-४ नुवाकोट बस्ने २१ वर्षीय राजेन्द्रबहादुर बिष्ट रहेका छन् ।

प्रहरी चौकी धामीगाँउबाट खटिएको टोलीले उनीहरूलाई चौसालको जङ्गलबाट हिजो (मंगलबार) दुई वटा जङ्गली घोरल मारी ल्याउँदै गरेको अवस्थामा बन्दुकसहित पक्राउ गरेको हो ।

वन कार्यालयसँग समन्वय गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस