१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मौसमबारे समन्वय नहुँदा आन्तरिक उडान प्रभावित

अ+ अ-

काठमाडौँ । आज बिहान काठमाडौंबाट ‘स्टल सेक्टर’मा उडान हुन नसकेको यति एयरले बताएको छ।

उडान हुने गन्तव्यहरूको मौसम राम्रो भए पनि ‘इनरुट’को मौसम कसले दिने भन्ने अन्योल रहेका कारण मौसमको जानकारी प्राप्त नभएको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए।

‘कन्ट्रोल टावर मौसम विभागलाई देखाउँछ, एयरलाइन्सहरूलाई मौसमको आधिकारिक जानकारी लिन समस्या भएको छ,’ उनले भने।

पर्वतीय उडान तथा अन्य ‘नन-स्टल’का पाइलटले इनरुटको मौसम राम्रो रहेको जानकारी दिए पनि उडानको अन्यौलता भएको उनले बताए।

सम्बन्धित निकायको समन्वयविना हचुवामा निर्णय हुँदा यात्रुहरूले सास्ती बेहोर्नु परेको भन्दै उनले आक्रोश पोखे। निर्णय सही भए पनि कार्यान्वयनका लागि आवश्यक भौतिक पूर्वाधारको व्यवस्थापनसँगै समन्वय गरी सुरक्षित उडान गर्ने वातावरण मिलाउनुपर्ने उनले बताए।

नेपाल नागरिक उड्डयन प्राधिकरणले अब वायुसेवा कम्पनीहरूलाई ‘इनरूट’मा मौसम सफा भएपछि मात्रै उडान अनुमति दिने निर्णय गरेको छ।

यसअघि प्राधिकरणले विमान उडाइने स्थल र पुग्ने गन्तव्यको मौसमका आधारमा उडान अनुमति दिँदै आएको थियो। इनरूटको मौसमका सम्बन्धमा एयरलाइन्स आफैँले जाने कि नजाने भनेर निर्णय लिन्थे।

यो व्यवस्था भिज्युअल फ्लाइट रुल्स (भिएफआर) प्रणालीमा आधारित रूटमा लागू हुनेछ। भिएफआर प्रणाली भनेको स्थान आँखाले हेर्दै उडान गर्नुपर्ने प्रणाली हो।

जल तथा मौसम पूर्वानुमान महाशाखाको रिपोर्टका आधारमा इनरुटको मौसम हेरेर उडान अनुमति दिइने प्राधिकरणले जनाएको छ। उडान सुरक्षालाई ध्यानमा राख्दै यस्तो नियम लागू गर्ने निर्णय गरिएको प्राधिकरण प्रवक्ता देवचन्द्रलाल कर्ण बताए ।

मुस्ताङको थासाङ गाउँपालिका-२ सानुसरेमा आइतबार भएको तारा एयरको ट्विनअटर जहाज दुर्घटनापछि प्राधिकरणले यस्तो निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस