विप्लव नेतृत्वको नेकपाले असोजमा महाधिवेशन गर्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विप्लव नेतृत्वको नेकपाले असोजमा महाधिवेशन गर्ने


१८ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी असोजमा महाधिवेशन गर्ने भएको छ । सो पार्टीको उदयपुरमा सम्पन्न केन्द्रीय समिति बैठकले असोज १ देखि पार्टीको नवौँ महाधिवेशन गर्ने निर्णय गरेको हो । 

पार्टीका केन्द्रीय सदस्य ओम पुनले असोज १ मा महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न तयारी थाल्ने निर्णय समेत भएको बताए । 

नेता धर्मेन्द्र बाँस्ताेला , हेमन्त प्रकाश ओलीलगायतले पार्टी विभाजन गरेर नेकपा (बहुमत) बनाएपछि विप्लवको नेतृत्वमा उदयपुरमा केन्द्रीय समिति बैठक बसेको हो । 

जेठ १२ देखि १७ गतेसम्म चलेको बैठकमा महासचिव विप्लवले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । यस्तै बैठकमा पार्टीको आगामी रणनीतिका विषयमा पनि गम्भीर छलफल भएको बताइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस