भेरी नदीमा हराएकी गीता खोज्दा पार्वतीको शव भेटियो « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

भेरी नदीमा हराएकी गीता खोज्दा पार्वतीको शव भेटियो


१८ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । भेरी नदीमा मंगलबार दिउँसोदेखि बेपत्ता भएकी एक बालिकाको शव खोज्दा उनकै गाउँकी अर्की महिलाको शव भेटिएको छ ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ३ पोखराकी अन्दाजी १२ वर्षीया गीता विक पौडी खेल्ने क्रममा मंगलबार अपराह्नः ४ बजे नदीमा बेपत्ता भएकी थिइन् ।

कारा गाउँको जिउलामा धान कुट्न मिलमा गएको बेला पौडी खेल्दा उनी भेरी नदीमा बेपत्ता भएकी हुन् ।

गीतको खोजी गर्दा गाउँकै अन्दाजी ४० वर्षको पार्वती कामीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी सुमित खड्काले बताए ।

मृत भेटिएकी पार्वती पूर्व वडा सदस्यसमेत हुन् । श्रीमान् वीरबल कामीको ३ वर्ष पहिला मृगौला रोगबाट मृत्यु भएपछि उनको मानसिक सन्तुलन गुमेको स्थानीयबासिन्दाले जानकारी दिएका छन् ।

पार्वती घरबाट कहिले हराएकी हुन् भन्नेबारे एकीन छैन । उनको शव सुर्खेत सिम्ता गाउँपालिका ६ राकमको भेरी नदीमा फेला परेको डिएसपी खड्काले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस