सुनखानी भिडन्तमा १०० जनाको मृत्यु, अन्य ४० जना घाइते « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

सुनखानी भिडन्तमा १०० जनाको मृत्यु, अन्य ४० जना घाइते


१७ जेष्ठ २०७९, मंगलबार


काठमाडैँ । अफ्रिकी मुलुक चडको उत्तरी विकट क्षेत्रमा अवैध सुनखानीका कामदारहरूबिच भिडन्त हुँदा करिब एक सयजनाको ज्यान गएको र अन्य चालिस जना घाइते भएका छन्।

रक्षामन्त्री दाउद याया ब्राहिमले दुईजना व्यक्तिबीचको सामान्य विवादबाट त्यत्रो काण्ड मच्चिएको बताएका छन् ।

लिबियाको सीमासँग जोडिएको कोउरी बोउगोउदी जिल्लाको पहाडी क्षेत्रमा चड र अन्य छिमेकी मुलुकमा मानिस सुन खोज्न आकर्षित हुने गरेका छन् ।

यो हिंसात्मक घटना गत साता घटेको भएपनि सोमबार मात्र यसको विस्तृत विवरण सार्वजनिक भएको हो ।

केहि समूहले मृतकको संख्या सरकारले सार्वजनिक गरेको भन्दा बढी हुनुपर्ने बताउँदै हिंसाका लागि सुरक्षाकर्मीलाई दोष दिएका छन् ।

राजधानी जामेनादेखि करिव १ हजार किलोमिटर टाढाको घटनास्थलमा शान्ति सुरक्षा पुनर्स्थापनाका लागि अहिले सरकारले सेना परिचालन गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस