काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको बैठक बस्न लागेको हो ।
बैठक दिउँसो ३ बजे बस्नेछ । स्थानीय तह निर्वाचन र आइतबार सार्वजनिक बजेटको समीक्षा गर्नका लागि बैठक बस्न लागेको हो ।