इरानमा भवन भत्कँदा २९ जनाको मृत्यु, ३८ हराए « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

इरानमा भवन भत्कँदा २९ जनाको मृत्यु, ३८ हराए


१६ जेष्ठ २०७९, सोमबार


तेहरान । इरानको राजधानी तेहरानमा एक भवन भत्कँदा त्यसमा परेर कम्तीमा पनि २९ जनाको ज्यान गएको बताइएको छ ।

साथै सो भत्किएको भवनमा अरु कम्तीमा पनि ३८ जना पुरिएको आशङ्का गरिएको छ । ती ३८ जना हराइरहेका प्रारम्भिक सूचनामा जनाइएको छ ।

आइतबार भत्किएको सो १० तले भवनमा परेर अरु केही व्यक्ति घाइते पनि भएका छन् । यहाँको तासनिम समाचार समितिले दिएको समाचार अनुसार सो भवनमा परेकाहरुको उद्धारको कार्य भने जारी रहेको छ ।

इरानको खुजृस्तान प्रान्तका गभर्नर सादिक खालियानले दिएको जानकारीअनुसार सो प्रान्तको अब्दान सहरमा सो दुर्घटना भएको हो ।

गभर्नर खालियानले उक्त दुर्घटनाग्रस्त क्षेत्रको भ्रमण गरेर यहाँका समाचारदाताहरुलाई आइतबार राति दिएको जानकारीअनुसार सो भवन भत्किँदा त्यसमा परेर २९ जनाको ज्यान गएको छ भने अरु ३८ जना हराइरहेका छन् ।

उनले त्यसमा परेर मृत्यु भएका २९ को शव निकालिएको छ । तीमध्ये केहीको पहिचान खुल्न पनि बाँकी रहेको जानकारी पनि उनले दिएका छन् ।

सो भवन निर्माणाधीन अवस्थामा रहेको थियो । सहरको बीच भागमा निकै भिडभाड हुने क्षेत्रमा सो भवन निर्माण गरिएको बताइएको छ ।

हराएकाहरुको खोजीका लागि ठुलो संख्यामा प्रहरी र उद्धारकर्मी परिचालन गरिएको छ । तर भवनको बाँकी भाग पनि भत्किएला जस्तो रहेकाले निकै सावधानीपूर्वक उद्धारको काम गरिरहनुपरेको अधिकारीहरुले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस