विमान दुर्घटना अपडेट : १६ जनाको शव भेटियो, अरुको खोजी जारी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विमान दुर्घटना अपडेट : १६ जनाको शव भेटियो, अरुको खोजी जारी


१६ जेष्ठ २०७९, सोमबार


कैलाली । तारा एयरको विमान दुर्घटनामा परेका १६ जनाको शव भेटिएको मुस्ताङका सिडिओ नेत्रप्रसाद शर्माले जानकारी दिएका छन् ।

विमानमा सवार अरुहरुको खोजी भइरहेको उनले बताए ।

हिजो (आइतबार) बिहानदेखि हराएको विमान आज (सोमबार) बिहान मुस्ताङको मानापाथी हिमालको फेदमा भेटिएको थियो ।

यार्सागुम्बा टिप्न गएका स्थानीयले दुर्घटनाग्रस्त विमान फेला पारेका थिए ।

अहिले नेपाली सेना र नेपाल प्रहरीको टोली दुर्घटना स्थल पुगेर उद्धार एवम् खोजी कार्य गरिरहेको छ ।

विमानमा धनुषाका एकै परिवारका सात जना सवार भएको पुष्टि भइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस