त्रियुगाको मेयरमा काँग्रेसका वसन्त बस्नेतको जित लगभग निश्चित  « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

त्रियुगाको मेयरमा काँग्रेसका वसन्त बस्नेतको जित लगभग निश्चित 


१६ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । त्रियुगा नगरपालिकाको मेयरमा काँग्रेसका वसन्त बस्नेतको जित लगभग निश्चित भएको छ ।

३८ हजार ३७४ मतगणना हुँदा  बस्नेतले १३,२६३ मत ल्याएर जित पक्का गरेका हुन् । दोस्रो स्थानमा रहेका एमालेका भागवत राउतको ११,२३२ मत छ । राउतको भन्दा बस्नेतको मत २०२३ ले बढी छ । जबकि गणना हुँन बाँकी १८०५ मात्रै छ ।

यस्तै, तेस्रोमा रहेका नेकपा (एकीकृत समाजवादी)का बलदेव चौधरीको ८, ८९९ मत मात्रै छ ।

उपमेयरमा भने एमालेकी महेश्वरी राईको अग्रता रहेको छ । उनले १२, ८७६ मतका साथ अग्रता कायम राखेकी छन् भने काँग्रेसकी सरिता राई ११,४५१ मतका साथ दोस्रो स्थानमा छन् ।

अहिले वडा नम्बर १० र ११ को गणना जारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस