हराइरहेको तारा एयरको विमान भेटियो, थप विवरण आउन बाँकी  « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

हराइरहेको तारा एयरको विमान भेटियो, थप विवरण आउन बाँकी 


१६ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । नेपाली सेनाले हराइरहेको तारा एयरको विमान फेला परेको छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले ट्वीटरमार्फत सो कुराको जानकारी दिएका हुन् ।

खोजी र उद्धार टोलीले विमान रहेको स्थान पत्ता लगाएको र यसबारे थप विवरण आउन बाँकी रहेको उनले बताएका छन् ।

तारा एयरको ट्विनअटर विमानको खोजी कार्य सोमबार बिहानैबाट पुनः सुरु गरिएको थियो ।

पोखराबाट मुस्ताङका लागि उडेको सो विमान आइतबार बिहान १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस